अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा
काठमाडाैं | असार २१, २०८१
काठमाडौं: साविक विजेता अर्जेन्टिना ४८औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा इक्वेडरलाइ पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको हो ।
इक्वेडर समूह ‘बी’ बाट उपविजेता बन्दै अन्तिम आठमा पुग्दा उपाधि दावेदार अर्जेन्टिना समूह ‘ए’ मा अपराजित रहँदै विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको हो ।
अर्जेन्टिनाले सबैभन्दा बढी १५ पटक उपाधि उचालेको छ भने १४ पटक उपविजेता बनेको छ । इक्वेडर भने हालसम्म कोपा–अमेरिकाको सेमिफाइनल भन्दा अगाडि बढ्न सकेको छैन ।
विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिताका रुपमा रहेको कोपा अमेरिका पहिलो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता पनि हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

